नवलपुरकाे जंगलमा सासु-बुहारी मृत फेला

नवलपुर | पुस ९, २०८०

नवलपुरकाे जंगलमा सासु-बुहारी मृत फेला

नवलपुर:  नवलपुरकाे जंगलमा घाँस काट्न गएका सासु-बुहारी मृत फेला परेका छन्।

 

विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल मृत फेला परेका हुन्।

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलका अनुसार  खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको हाे ।

 

उनीहरूको खोजी गर्न प्रहरीसहित ६० जनाको टोली जंगलमा गएका थिए। आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटिएको डिएसपी पौडेलले जानकारी दिए।

 

मनादेवीको शरीरको पछाडिको भागमा र विष्णुको बायाँ कम्मरमा चोट देखिएको डिएसपी पौडेलले बताए।
 

पोस्टमर्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्